
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय महाधिवेशन फेरि सरेको छ ।
अब आगामी चैत ६ र ७ गते गर्ने निर्णय गरेको जनाइएको छ । भदौँ ८ र ९ गते पार्टीको केन्द्रीय कार्यालयमा बसेको विस्तारित बैठकबाट उक्त निर्णय गरिएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसअघि लोसपा नेपालले साउन मसान्तभित्र महाधिवेशन गर्ने बताएको थियो । तर, उक्त समय गुजारेको लोसपाले नयाँ मिति तय गरेको छ । त्यसैगरि तराई–मधेशका जिल्लामा परेको खडेरीले गर्दा किसान पूर्णतया नराम्रोसँग प्रभावित भएको भन्दै उनीहरूका लागि लागि क्षतिपूर्तिको प्याकेज घोषणा गर्न संघीय तथा प्रादेशिक सरकारसँग माग गर्ने विस्तारित बैठकको निर्णय गरिएको छ ।
मधेश प्रदेशका जिल्ला सुख्खाग्रस्त भएको हुनाले खानेपानीको सहज व्यवस्थापन गर्न तीन तहको सरकारलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको अध्यक्ष ठाकुरले बताए । त्यस्तै मधेशमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन समेत सरकारसँग माग गरेको छ ।