
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।
शुक्रबार दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। विदेश भ्रमणअघि र भ्रमणबाट फर्किएपछि कार्यकारी प्रमुखले संसदलाई जानकारी गराउने अभ्यास छ।
प्रधानमन्त्री ओलीले शनिबारदेखि हुन लागेको चीन भ्रमणबारे सदनलाई जानकारी गराउन लागेका हुन्।