२०८२ भाद्र १३, शुक्रबार १८:२७

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिनुभयो । वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केहि दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गर्नुभएको थियो भने संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो । वार्तामा आफुहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताउनुभयो । कृषि मन्त्रालयको बार्षिक बजेटमा नै २ अर्व रुपैया उखु किसान अनुदान दिने भनेर छुट्टाउदा अर्थ मन्त्रालयले बजेट रोकेको उहाले आरोप लगाउनुभयो ।



प्रवक्ता यादवले शनिबार ११ बजे माइतिघरमा पत्रकार सम्मेलन गरि आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने उल्लेख गर्नुभयो । उहाले उखु किसानको ७५ करोड निकासा गरिसकेको अवस्थामा दशै अघि नै अर्को ७५ करोड निकासा गर्नुपर्ने बटमलाइन रहेको बताउनुभयो ।

 

Comment


Related News

Latest News

Trending News