
गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै आन्दोलनरत उखु किसानहरुले अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
शनिबार माइतिघरमा पत्रकार सम्मेलन गर्दै उखु किसानहरुले आफ्ना मागप्रति सरकारले वेवास्ता गरेको भन्दै भाद्र २५ गतेदेखि अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागीतामा सर्लाहीको हरिवनमा भाद्र २५ गतेबाट अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय गरिएको उखु उत्पादक महासंघ, नेपालका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।
आफुहरुको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने उहाले बताउनुभयो । बाइट…..
उखु किसानले उपलब्ध गराउन बाँकी अनुदान रकम विनासर्त भुक्तानि गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने लगाएतम माग राखेका छन् ।