
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन गर्ने बताउनुभएको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौति विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछिसवै प्रतिपक्षीहरु एक भएर सडक र सदन केन्द्रीत आन्दोलन चर्काउने बताउनुभएको हो ।

कांग्रेस–एमालेको सरकारले मुलुकमा सुशासन भनाइ भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानून निर्माणमा समेत छेडखानी गरेकाले अव शसक्त आन्दोलन गर्ने उहाले बताउनुभयो । प्रचण्डले राज्यलाई रुपान्तरणका साथै भ्रष्टाचारबिरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गर्नुभयो ।
दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताउनुभयो । उहाले दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको बिकल्प नरहेको उल्लेख गर्नुभयो ।
प्रचण्डले पार्टीभित्रै दलीतलाई दमन गर्ने दुई वटा प्रबृति र दुई वटा बिचार रहेको बताउनुभयो ।