मधेश केन्द्रित दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा भूमि विधेयक विरुद्ध आन्दोलित भएको छ ।
नवलपरासी पश्चिममा भूमि विधेयक मधेश विरोधी भएको भन्दै मोर्चाले प्रदर्शन गरेको छ । भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित रहेको मोर्चाले निष्कर्ष निकालेको छ ।

वन जंगल विनाश भई तराई÷मधेश मरुभूमिकरण हुने गरी सरकारले ल्याउन लागेको भूमिसम्बन्धी विधेयकको ल्याएको भन्दै मोर्चा असन्तुष्ट बनेको थियो ।
तराई मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न भूमि र वन बचाउ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउ भन्दै मोर्चामा आवद्ध दलका नेताहरू सडकमा उत्रिएका छन् ।
मोर्चामा आवद्ध रहेका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भूमि विधेयकविरुद्ध देशभर प्रदर्शन जारी नै राखेको छ ।

