२०८२ भाद्र १५, आईतवार ०७:२९

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छिन् ।

हिजो ललितपुरको गोदावरीमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि जितिन् । उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन् ।



प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता र सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता भइन् ।

द हिडन ट्रेजरले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न शहरमा आयोजना गरिएका छनोटमार्फत २६ जना प्रतिस्पर्धी चयन भएका थिए ।

Comment


Related News

Latest News

Trending News