२०८२ भाद्र १५, आईतवार १९:१७

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच भेट भएकाे छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा तियान्जिनमा ओलीसँगकाे भेटपछि माेदीले नेपालसँग भारतकाे सम्बन्ध गहिराे र विशेष रहेकाे बताउनुभएकाे छ । ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुशी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ’, उहाँले समाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएकाे छ ।



तियान्जिनमा आजदेखि शुरू हुन लागेकाे दुई दिने एससीओ सम्मेलनमा प्रधानमन्त्री ओली, भारतीय प्रधानमन्त्री माेदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २० भन्दा धेरै देशका विश्व नेताहरू उपस्थित छन् । तर अमेरिकासँगको व्यापार युद्धले सम्मेलन ओझेलमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो चीन जानुभएको हो ।

Comment


Related News

Latest News

Trending News