२०८२ भाद्र १६, सोमबार ०७:४८

अठारौँ पुस्तकालय दिवसको अवसरमा ‘ हम्मर पुस्तकालय हम्मर भविष्य’ नाराका साथ मैथिली विकास कोष जनकपुरधामले एक कार्यक्रम बीच ‘जनकपुरधामक इतिहास’ नामक पुस्तकमाथि चर्चा परिचर्चा गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषद्वारा प्रकाशित सो पुस्तकमा जनकपुरधामको प्राचीन आधुनिक ऐतिहासिक पक्षहरुबारे सुक्ष्मरुपले लेखन गरिएको छ ।



कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले इतिहास लेखन आफैँमा दुरुह कार्य भए पनि पुस्तकले जनकपुरधामबारे रहेको जिज्ञासाका साथै अँध्यारो पक्षहरुलाई हटाउनमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा प्राध्यापक डा. सुरेन्द्र लाभले पठन संस्कृतिको अवस्था चिन्ताजनक रहे पनि श्यामसुन्दर शशिद्वारा लिखित जनकपुरधाम इतिहास नामक पुस्तकमा जनकपुरधामको विविध पक्षको दस्तावेजीकरणका साथै तथ्यगत प्रस्तुती अध्ययनका लागि महत्वपूर्ण पक्ष भएको उल्लेख गरे ।

साहित्यकार रमेश रञ्जन पुस्तकमा सांस्कृतिक, धार्मिक र राजनीति पक्षको इतिहास मननयोग्य भएको चर्चा गर्दै शशिको बहुआयामिक व्यक्तित्वमा इतिहास लेखन व्यक्तित्व थपिनु आफैँमा गौरवको विषय भएको बताए ।

कार्यक्रममा साहित्यकार समेत रहेका तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, साहित्यकार परमेश्वर कापडि, डा. विजयकुमार सिंह, शीतल झा, प्रकाशचन्द्र साह, निर्मल चौधरी, दीपक ठाकुरलगायतले पुस्तक एवं पठन संस्कृतिबारे धारणा व्यक्त गरेका थिए ।

पुस्तकका लेखक शशिले आफूले जनकपुरधामका अग्रजको सम्मानका साथै यसका विविध अध्यायहरुलाई सुक्ष्मरुपले अध्ययन अन्वेषण गरी लेखन गरेको र यसमा केही थप्ने योग्य तथ्य भएमा विज्ञहरुलाई सुझाव दिन आग्रह समेत गरे ।

कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु नित्यानन्द मण्डल र पुनम झा मैथिलीले पुस्तक र पठन संस्कृतिका बारेमा धारणा व्यक्त गरे ।

Comment


Related News