२०८२ भाद्र १७, मंगलवार १८:४५

सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको हो ।



त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री न्यौपानेले कुलिङ पिरियड, अवकाशको अवधि लगाएतका बिषयमा सौहार्दपूर्ण रुपमा विधायन समितिमा छलफल भएको र सर्वसम्मत रुपमा अघि बढाइएको बताउनुभयो । उहाले प्रशासकीय क्षेत्रको सुधार गर्दै संघीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

त्यसअघि मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News