
चलचित्र ‘ अभिमन्यु : च्याप्टर १’ यही भदौँ २७ गते जनकपुरधामसहित विभिन्न ठाउँमा प्रदर्शन हुने भएको छ ।
सस्पेन्स, थ्रीलेरयुक्त रहेको उक्त चलचित्रमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देवा, कामेश्वर चौरसिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठ रहेका छन् ।

जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलनमा चलचित्र यही भदौँ २७ गते प्रदर्शन हुने आयोजकले जनाएको छ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा बताउने छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेल, प्रकाश दाहाल र सुषमा निरौलालगायतको अभिनय रहेको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेका चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइटेल र सन्देश श्रेष्ठ छन् ।