
पर्सा जिल्ला अदालतबाट किरण साह धरौटीमा रिहा भएकी छन् । वीरगञ्जमा बिहीबार पर्सा जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको छ ।
पाँच दिन हिरासतमा रहेकी साह धरौटी बुझाएपछि रिहा भएकी छन् । खानेपानी मन्त्री प्रदीप यादवसँगको विवादपछि उनीमाथि तीन वटा मुद्दा दर्ता भएको थियो । साहविरुद्ध प्रहरीले विद्युतीय कारोबार सम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटा अफवाह फैलाएको कसुर सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

खानेपानी मन्त्री यादवसँग फोनमा चर्को शैलीमा प्रश्न गरेकी थिइन् । बुधबार पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान फाइल बुझाएपछि आज जिल्ला अदालत पर्सामा बहस भएको थियो । प्रहरीले गत शनिबार पक्राउ परेकी साहलाई मंगलबार दोस्रो पटक अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थियो ।
अनुसन्धान सकेर बुधबार प्रहरीले फाइल वकिल कार्यालयलाई बुझाएको थियो । वीरगञ्जमा हैजा प्रकोप फौलिएपछि हाल वीरगञ्जस्थित मुर्ली चोकमा बस्दै आएकी साहले खानेपानी मन्त्री यादवलाई फोन गरेर आक्रोशित शैलीमा प्रश्न गरेकी थिइन् । मन्त्री यादव पर्सा–१ बाट निर्वाचित सांसद पनि छन् । फाने संवादमा साहले मन्त्री यादवलाई धम्कीपूर्ण शैलीमा प्रश्न गरेकी थिइन् ।
सोही संवादलाई लिएर मन्त्री यादवको सचिवालयले दिएको उजुरीका आधारमा पर्सा प्रहरीले उनलाई गत शनिबार पक्राउ गरेको थियो । उनीविरुद्ध मन्त्रीलाई ज्यान मार्ने धम्की, झुटा अफवाह भौलाएको, विद्युतिय कारोवारसम्बन्धि अपराधमा गरी तीन वटा मुद्दा दायर गरेर अनुसन्धान गरेको थियो । बिहीबार मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा वीरगन्जमा हैजा र किरण साहले दिएको धम्कीबारे लामो स्टाट्स लेखेर स्पष्टीकरण दिएका थिए ।
उनले आफ्नो स्टाट्मा सचिवालयमार्फत प्रहरी समक्ष नरम भइदिन संदेश पठाएको पनि उल्लेख गरेका थिए । हैजाले प्रभावित साहलाई जनसरोकारको विषयमा चर्को स्वरमा धम्कीपूर्ण रुपमा आक्रोशसहितको प्रश्न गर्दा मन्त्री यादवले राजनीतिक पहुँच लगाएर महिलालाई प्रहरी हिरासतमा पु¥याएको भन्दै जनगुनासो र आक्रोश बढेको थियो ।