२०८२ भाद्र २०, शुक्रबार १२:०६

अमेरिकाले देश निकाला (डीपोर्ट) गरेका थप १९ जना नेपाली हिजो साँझ काठमाण्डौ आइपुगेका छन् । डीपोर्ट भएर नेपाल आउनेमा दुई जना महिला र १७ पुरुष छन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो ।



यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डीपोर्ट भएर नेपाल आइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News