२०८२ भाद्र २०, शुक्रबार १२:०७

बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला २५ सय रूपैयाँले बढेको छ।

बिहीबार प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार सुन शुक्रबार दुई लाख १० हजार ४ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नाले स्थानीय बजारमा पनि मूल्य बढिरहेको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला दश रूपैयाँले बढेको छ। बिहीबार २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २४ सय ९० रूपैयाँमा  कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News

Latest News

Trending News