२०८२ भाद्र २१, शनिबार ०७:०३

सिरहामा विद्यालयको बसले एक बालकको ज्यान लिएको छ ।

विद्यालयमा पढाइ सम्पन्न भइ स्कुल बसले विद्यार्थीलाई घरमा पु¥याउन गएको बेलामा सो बसले किचेर सात वर्षीय छात्र बालक आदर्श कुमार साहको मृत्यु भएको छ । गोलबजार नगरपालिका–२ का मदन साहका ७ वर्षीय छोरा मृतक बालक पिजी कक्षामा अध्ययनरत थिए ।



पढाइ सकेर बालबालिकालाई घर घरमा पु¥याउन गएको ‘ट्रिनिटी सेकेन्ड्री बोर्डिंग स्कूल ’ गोलबजार नगरपालिका– २ को बसमा सवार बालक ओर्लिने बेलामा बसबाट लडेका थिए । बालक ओर्लिदै गर्दा लडेको थाहा नपाएका बस चालकले त्यही बेलामा बस अगाडि गुडाएका दिए । बालक साहको टाउको नै बसको पछाडिको पांग्रामा परेको थियो ।

बालक साहको त्यतिबेला नै मृत्यु भएको थियो । मृतक बालकको शव पोष्टमार्टमको लागि सिरहा प्रहरीले लहान अस्पताल पठाएको छ । बस चालक तथा विद्यालयका प्रिन्सिपल फरार भएका छन् । सिरहा प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

घर नजिकै बसबाट ओर्लिने क्रममा दुर्घटनामा परी बालक साहको ज्यान गएपछि बालकका माता पिता भावविह्वल भएका छन् ।

Comment


Related News

Latest News

Trending News