२०८२ भाद्र २१, शनिबार १३:१६

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन्।

शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानमा पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिलाई फेरि राजनीतिमा सक्रिय हुन हुन्न भनेर नलेखिएको बताएका हुन्।



सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरू, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पूर्वपार्टी एमालेमा फर्किएको घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओली र उनको खेमाले राष्ट्रपति भइसकेको व्यक्ति पुन: सक्रिय राजनीतिमा आउन हुँदैन भनेर उनको सदस्यता खारेज गरिसकेको अवस्थामा देउवाको उक्त अभिव्यक्ति आएको हो। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई भने यसअघि नै नेकपा माओवादी केन्द्रले उपाध्यक्षको जिम्मेवारी दिइसकेको छ।

Comment


Related News

Latest News

Trending News