
धनुषाको मिथिला बिहारी नगरपालिका–३ का चर्चित मैथिली गायक रोशन मण्डलल विगत डेढ वर्षदेखि आफ्नै आफन्तजनबाट पीडित बनेका छन् भने उनको परिवार निकै त्रासदी जीवन व्यतित गर्न बाध्य छन् ।
प्रदेश सांसद रामचन्द्र मण्डलबाट सभामुख बनेदेखि नै उनका ज्वाइँ रमेश मण्डलले नातामा दाजु पर्ने रोशन र उनकी श्रीमतीमाथि पटकपटक दुव्र्यवहार गर्दै आएका छन् भने घरमै कुटपिटसमेत गर्ने गरेका छन् । पीडित रोशनले आफ्नो भोगाइँ र समस्याबारे पालिका र प्रहरीप्रशासनमा भने पनि अहिलेसम्म उनले न्याय नपाउँदा त्रासदीपूर्ण जीवन व्यति तगर्न बाध्य छन् ।

सभामुख रामचन्द्रका सचिवालयसमेत रहेका ज्वाइँ रमेशले ससुराको शक्ति र पहुँचको दुरुपयोग गर्दै रोशन, उनको आमा र उनकी श्रीमती मिलनदेवीलाई केही दिन अघि घरमा कोही नभएको बेला निर्घातरुपमा कुटपिट गरे । उनीहरुलाई कुटपिट गर्न दर्जनभन्दा युवाहरुको एक समूह नै परिचालन गरेका थिए ।
उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका बेला पनि अस्पतालमै पुगेर प्रहरीको अगाडि नै धाकधम्की दिइ रमेशले गाउँ नै छाड्न चेतावनी दिएको पीडित रोशनले आरोप लगाए । सो घटनाबारे स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय धनुषासम्म जानकारी गराउँदै न्याय माग्दासमेत उनले न्याय पाउनुको साटो उल्टै पीडक रमेश र सभामुख रामचन्द्रबाट डर छाड्न धम्की नै पाएको पीडित मिलनदेवीले भनिन् ।
केही महिना अघि रोशनले जनकपुधराममा नै पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासनबाट न्याय नपाएको भन्दै सञ्चारमाध्यमसंग न्यायका लागि गुहार लगाएका थिए । गायक रमेशका अनुसार रमेश मण्डल, उनका पिता सियाशरण मण्डल र केही नातेदारहरूले लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिँदै आएका छन् । मिलन देवीले पनि आफूमाथि भएको दुव्र्यवहारबारे खुलस्त गरिन् । उनले भनिन्, “हाम्रो घरको दैलोमा फोहर, मल, पिसाब, बियरको बोतल र स्यानिटरी प्याड फालिन्छ,” उनले भनिन्, “यसबारेका भिडियो प्रमाण हामीसँग छन्, तर प्रहरी किन अझै मौन छ