२०८२ भाद्र २२, आईतवार ०६:०६

लामो रस्साकस्सी र विवादका बीच विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समिति हुँदै प्रतिनिधि सभामा पुगेको छ ।

तर यसको विरोधमा जनकपुरधामसहित देशव्यापीरुपमा भइरहेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) मधेश प्रदेश कार्य समितिले पनि विभिन्न ३ बुँदे माग राख्दै जनकपुरधामस्थित जनक चोकमा सरकारको विरोधमा धर्ना दिएको छ ।



उच्च माध्यमिक विद्यालय अर्थात कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएका शिक्षकहरुको मानमर्दन हुने गरी स्तरोन्नतिको साटो स्तर नै तल झार्ने गरी ल्याउन लागेको शिक्षा विधेयकप्रति गम्भीर असहमति जनाउँदै सरकारको विरोधमा आन्दोलनमा उत्रिनु परेको हिस्टुन मधेश प्रदेशका सचिव खडिनद्र दाहालले जानकारी दिए ।

उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुले जनकपुरधामस्थित जनक चोकमा शुक्रबार र शनिबार सरकारले प्रतिनिधिसभामा पेश गरेको शिक्षा विधेयकको विरोधमा धर्ना दिएका थिए । उनीहरुले ६० वर्ष उमेरसम्म माध्यमिक विद्यालय द्वितीय श्रेणीमै राखेर सामाजिक सुरक्षा कोषमा आवद्ध गराएर पेसागत निरन्तरता हुनुपर्ने, अवकाश हुँदा बखत आकर्षक गोल्डेन ह्यान्ड्सेकको व्यवस्था हुनुपर्ने र विज्ञापन हुँदा कार्यरत शिक्षकको उमेर हदबन्दी हटाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

Comment


Related News

Latest News

Trending News