२०८२ भाद्र २२, आईतवार १२:५४

सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्लो हप्ता सुनले लगातार कीर्तिमान बनाएको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँ बढेर सुन तोलाको दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको थियो ।



त्यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको भाउ शुक्रवार तोलाको दुई हजार चार सय ९० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News