२०८२ भाद्र २३, सोमबार ११:५८

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले काठमान्डौसहित देशका विभिन्न मुख्य सहरहरुमा प्रदर्शन गरिरहेका छन्।

स्वत:स्फुर्त रूपमा भेला भएका उनीहरूले विभिन्न नाराका साथ प्रदर्शन गरिरहेका छन्।



विभिन्न नारा लेखेका प्लेकार्डसँगै बोकेर प्रदर्शन गर्नुका साथै उनीहरूले यस क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन्।

आजको प्रदर्शनमा उनीहरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक समेत लगाएका छन्।

त्यस्तै प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

भ्रष्टाचारविरुद्ध हुन लागेको यो प्रदर्शनको सुरक्षाको लागि प्रहरीले विशेष रणनीति बनाएको छ।

Comment


Related News

Latest News

Trending News