२०८२ भाद्र २३, सोमबार १६:२७

जनता समाजवादी पार्टी नेपालले काठमाडौँमा भएको विद्यार्थी आन्दोलनमा गोली प्रहार गरी मृत्यु हुन पुगेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जसपाका महासचिव रामकुमार शर्माले सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत जेनजी पुस्ताले सामाजिक सञ्जार विरोधको बन्द तथा भ्रष्टाचारलगायतका विषयमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारकै निर्देशनमा दमन गरिएको भन्दै घोर आपत्ति प्रकट गरिएको छ ।



विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनका क्रममा गोली प्रहारबाट मृत्यु भएकोप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।” घाइतेलाई निःशुल्क उपचारको साथै सम्पूर्ण व्यवस्था गर्न जसपा नेपालले माग गरेको छ ।

लामो समयदेखि देशका देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारको कारण आम जनसमुदाय आक्रोशित रहेको परिप्रेक्ष्यमा युवा विद्यार्थीहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गर्न आग्रह गर्दै जसपा नेपालले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा वार्ता र संवादका मार्फत समस्या समाधान गर्न माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News