२०८२ भाद्र २३, सोमबार १६:५६

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकामा चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको छ।

दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले अनिश्चितकालीन कर्फ्यु लगाएका हुन्।

प्रशासनअनुसार उत्तरतर्फ हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वमा मिलनचोकदेखि जुट विकासभित्र, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोकदेखि बसपार्क क्षेत्रभित्र र पश्चिममा कलंकी मोडदेखि जनता बस्तीभित्र भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाइएको छ।

जेनजीले सोमबार गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि काठमाडौंसहित विभिन्न जिल्लाहरुमा कर्फ्यु जारी भएको छ।

 

Comment

Related News

Latest News

Trending News