काठमान्डौसहित देशका विभिन्न सहरहरुमा सोमबार (आज) जेनजी (नयाँ पुस्ताका) युवा तथा विद्यार्थीहरुले सरकारविरुद्ध गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा मृत्यु भएका जेनजी विद्यार्थी÷युवाहरुप्रति श्रद्धान्जली अपर्ण गर्न धनुषाका निजि विद्यालयहरुका संगठन हिसान, प्याबसन र एनप्यासनमा आवद्ध विद्यालयहरुले भोली (मंगलबार) विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।
सोमबारको प्रदर्शनमा परी साँझसम्म १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा केही विद्यालयका विद्यार्थीसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत सहभागी थिए ।
काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द हुने भएका छन् । सोमबार जेन-जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।


