२०८२ भाद्र २४, मंगलवार ०६:१७

जेन–जी आन्दोलनलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा स्थगित गरेको छ ।

सोमबार जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बनेपछि त्रिविका परीक्षामा पनि असर परेको छ । त्रिविले सोमबार साँझ एक सूचना जारी गर्दै यही भदौँ २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये भदौ २४, २५ र २६ गतेका परीक्षा स्थगित गरेको छ ।

‘देशमा आकस्मिक रूपमा सृजना भएको असहज परि स्थितिका कारण २०८२ साल भाद्र २४, २५ र २६ गतेका दिन सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरू हाललाई स्थगित गरिएको छ’, सूचना भनिएको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको आकस्मिक बैठकले हाललाई परीक्षा स्थगित गर्दै यी परीक्षा क्रमशः आउँदो असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

अन्य मितिका परीक्षा यथावत् सञ्चालन हुने त्रिवि परीक्षा नियन्त्रणमा कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News