२०८२ भाद्र २४, मंगलवार ०६:२२

जनता समाजवादी पार्टी नेपाल सर्लाही जिल्लाको प्रथम एकता अधिवेशनको बन्द सत्रमा एकपक्षले अचानक आएर आक्रमण गर्दा केही व्यतिm घाइते भएको बताइएको छ घाइते हुनेमा निर्वाचन समितिका संयोजक ओमप्रकाश यादवको टाउको फुटेको छ ।

त्यस्तै निर्वाचन अध्यक्ष मण्डलका सदस्य मनोज यादवको हात, खुटामा गम्भीर चोट लागेको छ । घाइतेहरुको प्रादेशिक असपतालमा उपचार भएको पार्टीले जनाएको छ । घाइतेहरुको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।



जसपा नेपालको अधिवेशनको बन्द सत्र चलिरहेको बेला मधेश प्रदेशका पूर्वअर्थमन्त्री संजय यादवको समूहले एक्कासी अधिवेशन स्थलमा आएर आक्रमण गरेको जसपा नेपाल पार्टीका सर्लाही जिल्ला अध्यक्ष प्रत्यासी रण्धीर यादवले जानकारी दिए । अधिवेशन स्थलमा कुटाकुट हुँदा जानकी पार्टी पैलेसमा सैकडो कुर्सीसमते टुटफुट भएको छ । साउण्ड सिस्टममा माथि पनि क्षति पुगेको छ ।

करिब ६ लाख मूल्य बराबरको सामग्रीहरुमा क्षति पुगेको छ । मलंगवा–१० मा रहेका कार्यक्रम स्थल जानकी पार्टी प्यालेसमा कुर्सी, ड्यास, सोफा, राउटरलगायतका सामग्री तोडफोड भइ क्षति पुगेको प्यालेसका सञ्चालक राजेश शर्माले बताए । उनले भने, “नेता भएर पनि होटल र पार्टी प्यालेसमा तोडफोड गर्नु निन्दनीय कार्य छ । पार्टीको यस्ता कार्यक्रम गर्न कसैले आफ्नो स्थल उपलब्ध गराउँदैन भोलीको दिन बताउदै जानकी पार्टी पैलेसका संचालक राजेश शर्माले क्षतीपुर्ती दिनुपर्ने माग गरेको छ ।

निर्वाचन अध्यक्ष मंण्डलका सदस्य मनोज यादवले दिएको जानकारी अनुसार जसपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य संजय यादवको नेतृत्वमा आएका समूहले आक्रमण गरेपछि अधिवेशन स्थल तनावग्रस्त बनेको छ । निर्वाचन समितिले मनोनयन प्रक्रिया सकेर अन्तिम नामावली टाँस गर्ने तयारी भइरहेको बेला अचानक आक्रमण भएको उनले भने ।

संजय यादव पक्षका रामविश्वास रायले फलामको कुर्सी प्रहार गर्दा निर्वाचन संयोजक ओमप्रकाश यादवको टाउको फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । त्यस्तै अर्का सदस्य रामपृत पासवान समेत सामान्य घाइते भएका छन् । यादवले अधिवेशनका सम्पूर्ण प्रक्रिया अध्यक्ष मण्डलको निर्णयअनुसार अघि बढेको स्पष्ट पार्दै, “सहमति र विचार–विमर्शबाट समस्या समाधान गर्न सकिने विषयलाई गुण्डागर्दी शैलीमा आक्रमण गर्नु अत्यन्तै दुखद रहेको यादवले बताए ।

जसपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य संजय यादवले शनिवार मलंगवा पार्टी पैलेसमा पत्रकार सम्मेलन गर्दै जिल्लाको एकता अधिवेशनको बन्दसत्रलाई बन्धक बनाएर कागजमा अधिवेशन गरि आफनो मान्छेलाई जिताउन षडयन्त्र गरेको थाह पाएपछि हामीले विरोध गरेको बताए ।

बहुमत सदस्यलाई जानकारी नदिइ पार्टीको विधान विपरित अधिवेशन गरेर पार्टीलाई कब्जा गर्ने योजना बनाएको देखेर पार्टीका इमान्दार कार्यकर्ताहरुले विधान विपरित भइरहेको अधिवेशनको विरोध गरेको यादवको भनाइ छ । पार्टीको हित विपरीत हुने कार्य कुनै पनि हालतमा स्विकार्य नहुने उनले थप्दैँ भने ।

लगभग दुई सय सदस्य रहेको जसपा नेपाल सर्लाहीको अधिवेशनमा गलत मानसिकताले आधा सदस्यहरुलाई अधिवेशनबाट टाढा राखेर आफनो आसेपासेलाई मनोनय पत्र दर्ता गराइ पार्टीको विधान विपरीत जसपालाई कब्जा गर्न खोजेको आरोप लगाइएको छ । हामीले यसको शक्तिका साथ विरोध गरेको छ ।

कार्यकर्ताहरुले अधिवेशनको निर्वाचन समितिका संयोजक ओमप्रकाश यादव र निर्वाचन अध्यक्ष मण्डलका सदस्यहरु माथि आक्रमण गरेको आरोप लगाएको प्रश्नको जवाफमा जसपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य यादवले यो सरासर गलत आरोप लगाएको छ । कुनै पनि पार्टीका कार्यकर्ता वा व्यतिmले कसैमाथि आक्रमण वा हाथपात गरेको छैन । हामीले गलत कुराको विरोध मात्र गरेका थिए । कसैमाथि हातपात नगरेको प्रदेश सभासदस्य यादवले बताए ।

आइतबार भएको कुटपिट घटनाका घाइतेहरुले सोमबार ६ जना विरुद्ध प्रहरीमा उजुरी दर्ता गराउएको छ ।

Comment


Related News

Latest News

Trending News