२०८२ भाद्र २४, मंगलवार ०६:२९

‘मानव र सर्पबीचको सहअस्तित्व प्रवद्र्धन गर्ने’ भन्ने मूल नाराका साथ आगामी असोज २ र ३ गते धनुषामा नेपाल सर्प महोत्सवको तेस्रो संस्करण आयोजना हुने भएको छ ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलन गर्दै मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइफको संयुक्त आयोजनामा धनुषाको मिथिला बिहारी नगरपालिका–२ स्थित कल्चर भिलेजमा असोज २ र ३ गतेदेखि दुई दिवसीयसम्म आयोजना हुने जनाइएको छ । नेपाल सर्प महोत्सवमा सर्पसम्बन्धी जानकारीमूलक स्टल, सर्प विज्ञहरूबीच अन्तरक्रिया, विभिन्न जातका सर्प प्रदर्शन, सर्प उद्धारसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत कार्यक्रम हुने मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए ।

अध्यक्ष मण्डलले जनाए अनुसार नेपाल सर्प महोत्सव समूहले जैविक विविधता संरक्षण, मानव–सर्प द्वन्द्व न्यूनीकरण, सर्प व्यवस्थापन र सर्प संरक्षणको महत्त् वबारे जनचेतना फैलाउने उद्देश्यले सर्प महोत्सव विगत तीन वर्षदेखि निरन्तर रुपमा गर्दै आएको छ । हालसम्म नेपालका विभिन्न जिल्लामा सयभन्दा बढी सचेतना कार्यक्रम, क्षमता अभिवृद्धि तालिम, कार्यशाला र अन्तरक्रिया सञ्चालन भइसकेको उनले बताए ।

अध्यक्ष मण्डलले यस महोत्सवले मधेश प्रदेशमा मानव र सर्पबिच सहअस्तित्वबारे सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । त्यस्तै सेभ द लाइफका अध्यक्ष कमल देवकोटाले सर्प संरक्षण र सर्पदंश व्यवस्थापनमा जनचेतना अभाव भएकै कारण धेरै दुर्घटना हुने गरेको बताए । उनले भने, “सर्पदंश हुँदा के गर्ने र के नगर्ने भन्नेबारे जानकारी नहुँदा अनावश्यक मृत्यु भइरहेका छन् ।

यो महोत्सवमार्फत प्राथमिक उपचारको सही जानकारीसहित सर्प संरक्षणमा जनसहभागिता बढाउने हाम्रो उद्देश्य हो ।” सो महोत्सवमा सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक र सांस्कृतिक महत्त् वबारे सचेतना फैलाइने छ । सर्पदंश हुँदा प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे सहभागीलाई प्रत्यक्ष जानकारी दिइने उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News