२०८२ भाद्र २४, मंगलवार ०६:४३

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अगामी निर्वाचनलाई मध्यनजर गर्दै थिंक ट्यांकको गठन गरेको छ ।

लोसपाका महासचिव बिमल केडियाको संयोजकत्वमा ७ सदस्यीय थिंक ट्यांक गठन गरेको एक विज्ञप्ति जारी गरी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनाएका छन् ।

थिंक ट्यांकको सदस्यहरुमा लुम्बिनी प्रदेश अध्यक्ष सन्तोषकुमार पाण्डेय, महासचिव उपेन्द्र महतो, विनोद कुमार सिंह, ई.ज्ञानेन्द्र झा, सहमहासचिव रुपा यादव र लुम्बिनी प्रंदेशका मुख्यसचिव मो. इस्लाम रहेका छन् । लोसपाले सल्लाहकार समितिको प्रमुखमा पार्टीका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालाई चयन गरेको छ ।

Comment


Related News

Latest News

Trending News