देशका विभिन्न भागमा भइरहेको प्रदर्शन र त्यसबाट उत्पन्न घटनाक्रमप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण संवादका माध्यमबाटै समस्याको समाधान खोज्न सकिने बताएका छन् । उनले कुनै पनि किसिमको हिंसा राष्ट्रको हितमा नरहेको भन्दै तत्काल वार्तामा आउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक समेत आह्वान गरेका छन् । उत्पन्न परिस्थितिको वस्तुनिष्ठ मूल्यांकन गरी सार्थक निष्कर्षमा पुग्नका लागि सबै दलका नेताहरूसँग छलफल गरिने प्रधानमन्त्रीको भनाइ छ ।

आफ्नो अपिलमा प्रधानमन्त्री ओलीले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई विषम परिस्थितिमा संयमता अपनाउन र धैर्यधारण गर्न विनम्र अनुरोध गर्नुरे । उनले राष्ट्रिय एकता र सहकार्यका लागि सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।


