२०८२ भाद्र २४, मंगलवार १२:३२
जेनजी आन्दोलनकारीले नेकपा एमालेको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।
केहीबेरअघि जेनजी आन्दोलनकारीको एक समूहले एमाले कार्यालयमा आगो लगाएका हुन् । प्रदर्शनकै क्रममा आक्रोशित भिडले सुरुमा ढुंगामुढा गरेका थिए ।

आन्दोनकारीले एमाले पार्टी कार्यलयभित्र रहेको सम्पुर्ण सामानहरु तोडफोड र जलाएका छन् । अहिले एमाले कार्यालयमा आन्दोलनकारीको ठुलो भिड लागेको छ ।

