२०८२ भाद्र २४, मंगलवार १२:३६

देशको संघीय राजधानीमा जारी विरोध प्रदर्शनले उग्र रूप लिएको छ ।

आन्दोलनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भीडले देउवा निवासको मुख्य गेट फुटाएर भित्र प्रवेश गरी भौतिक क्षति पुर्‍याएको हो ।

यसैबीच, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन् । काठमाडौंको नैकापमै रहेको लेखकको निवासमा भएको आगजनीले ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News