
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको ‘जेन जी’ युवा पुस्ताको आन्दोलन चर्किएपछि ओलीले राष्ट्रपति रामचन्द्र पोडेललाई राजीनामा बुझाउनुभएको हो । उहाँको सचिवालयले राजीनामा सार्वजनिक गरेको छ ।
ओली गएको वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । ‘जेन जी’ प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि विपक्षीसहित सत्ता साझेदार कांग्रेसका नेताहरूले समेत प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । चार जना सङ्घीय मन्त्रीले सरकार छोडेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको हो ।

‘जेन जी’ प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकारको माग गरेका छन् । स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा व्यापक बल प्रयोग हुँदा हिजो १९ जनाको ज्यान गएको थियो ।