२०८२ भाद्र २४, मंगलवार २२:२९

नेपाली सेनाले अराजक गतिविधि रोक्न चेतावनी दिएको छ।

अहिलेको अवस्थालाई फाइदा उठाएर विभिन्न गतिविधि गरिरहेको भन्दै नेपाली सेनासहित विभिन्न सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिने बताइको छ।

‘विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधरण नागरिक तथा सार्वजनिक सम्पत्तिमा समेत अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवै आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न नगराउन नेपाली सेना पुन: आग्रह गर्दछ,’ सूचनामा भनिएको छ।

त्यस्तै यो गतिविधि नरोकिएमा १० बजेपछि सबै सुरक्षा निकायले अहिलेको अवस्थालाई नियन्त्रणमा लिने चेतावनी दिएको हो।

‘यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै अहिले नेपाली सेनाले खोसिएका सुरक्षा निकायका हतियारहरू पनि फिर्ता गर्न समय दिएको प्रवक्ता तथा सहायक रथि राजाराम बस्नेतले बताए।

’१० बजेसम्मको समयमा हतियार बुझाउन भनिएको हो।,’ उनले भने।

प्रधान सेनापति अशोकराज सिग्देलले पनि मंगलबार साँझ सम्बोधन गरी जेनजी पक्षका आन्दोलनकर्ताहरूलाई वार्तामा आउन अनुरोध गरेका छन्।
WhatsApp-Image-2025-09-09-at-9.09.16-PM-1757432534.jpeg

Comment


Related News

Latest News

Trending News