२०८२ भाद्र २५, बुधबार ०७:५९

जेन–जी युवाहरुको एक समूहले मंगलबार दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् ।

जनकपुरधाम उपमहानगरको कार्यालय परिसरमा लागेको सवारीसाधनमा समेत उनीहरुले तोडफोड गरेका छन् । आगजनी गर्ने क्रममा प्रदर्शनकारीहरुले जनकपुरधाम उपमहानगरको कार्यालयभित्र राखिएको एलपी ग्यास दुई सय थानमा समेत आगजनी गरेको छ । आगजनीका कारण सबै ग्यास सिलिण्डर विस्फोट हुँदा सो क्षेत्रका घरधनीहरु निकै त्रसित थिए ।

ग्यास सिलिण्डर विस्फोटनको क्रममा भएको पराकम्प र आगजनीका कारण जनकपुरधाम उपमहानगरको कार्यालयभित्र रहेका सोफा, कुसी, कागजातलगायत अधिकांश महत्वपूर्ण सामग्रीहरुसमेत नष्ट भएको छ ।

Comment


Related News

Latest News

Trending News