२०८२ भाद्र २५, बुधबार ०८:०९

जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी आदेशअनुसार, मिरचैया, गोलबजार, लहान र सिरहा नगरपालिकाका तोकिएका सीमाभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ ।

मिरचैया नगरपालिकाः चोहर्वादेखि मलहनियाँसम्म, र फुलवरिया चोकदेखि बलुवा टोलसम्म, गोलबजार नगरपालिकाः गागन पुलदेखि पुरानो चोहर्वासम्म, र सैनिक चोकदेखि कसहा कालाबन्जर सडकसम्म, लहान नगरपालिकाः वलान पुलदेखि भोटिया टोलसम्म, र खुट्टी खोलादेखि कसहा कालाबन्जर सडकसम्म, सिरहा नगरपालिकाः शिव चोकदेखि बसपिट्टासम्म, र गुलरिया चोकदेखि मखनाहा चोकसम्म, कफ्र्युको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरूमा जस्तै एम्बुलेन्स, दमकल, शववहान, र स्वास्थ्यकर्मीका गाडीहरूलाई भने आवतजावतमा छुट दिइएको छ ।

यसका साथै सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी र कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News