२०८२ भाद्र २५, बुधबार ०८:१४
महोत्तरीको जलेश्वर काराकारबाट एकजना बाहेक सबै कैदी भागेका छन्।
कारागारमा रहेका ५७६ मध्ये ५७५ कैदी फरार भएका हुन्। जेल प्रशासनका अनुसार मंगलबार साँझ ६ बजेतिर आन्दोलनकारीहरुको भीड कारागारमा पुगेका थिए।

आन्दोलनकारीले मधेश आन्दोलन २०७२ मा मारिएको सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा रहेका पूर्व प्रदेशसभा सदस्य कौशल यादवसहित ६ जनालाई रिहा गर्न दबाब दिएका थिए।
आन्दोलनकारीरले जेनजीको आन्दोलनमा काठमाडौंको नक्खु कारागारबाट छुटेका रास्वपाका सभापति रविलामिछानेसहितका कैदीहरु रिहा भएको नजिर पेश गरेका थिए । ६ जनालाई छाड्न बाहिर दबाब बढेको भन्दै भित्र कैदीहरुले आन्दोलन सुरु गरेका थिए।

