२०८२ भाद्र २५, बुधबार ०८:२०

शान्तिपूर्ण रुपमा जेन– जी आन्दोलनमा सहभागी भएका रोशनकुमार तिवारीलाई मंगलबार प्रहरीले चलाएको गोली लागि घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गर्न जाँदै गर्दा भिडलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारी तिवारीलाई गोली लागि घाइते भएको उनका साथी विकास साहले जानकारी दिए ।



प्रहरीमाथि प्रदर्शनकारीहरुको तर्फबाट कसैले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले चलाएको गोलीबाट तिवारी घाइते भएका छन् । सो भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले करिब एक दर्जन जति गोली प्रहार गरेका थिए ।

उनको उपचार स्थानीय हिरा होस्पिटलमा भइरहेको जनाइएको छ । हिरा होस्पिटलले उनको उपचार खर्च निःशूल्क गरेको छ ।

Comment


Related News

Latest News

Trending News