
जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले मलङ्गवास्थित शिवसागर चोकबाट दिउँसोको समयमा हिरासतमा लिएको छ ।
प्रहरी स्रोतले जनाए अनुसार, यादवमाथि प्रहरी उपरीक्षक (एसपी) प्रति अपमानजनक शब्द प्रयोग गरेको, अराजकता फैलाउने कार्य र राष्ट्रविरुद्धको गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । उक्त घटनाको अडियो रेकर्डिङ केही दिन अघि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । विस्तृत जानकारी अनुसार असार महिनाको अन्तिम हप्तामा पूर्वाधार विकास कार्यालय, मलंगवामा भुक्तानीसम्बन्धी विवाद भएपछि यादवले सर्लाही प्रहरी प्रमुखलाई दुव्र्यवहार गरेका थिए । त्यसपछि उनी लुकेर बसेका थिए र आज मात्र अभियोगमा परेका हुन्। यो कुरा सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताएका छन् ।

यादवलाई आवश्यक कारबाही गरी थप छानबिन अघि बढाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता राईले जनाए ।