२०८२ भाद्र २६, बिहीबार ०८:००

जेन–जी पुस्ताले सोमबार र मंगलबार गरेको आन्दोलनका कारण आक्रान्त बनेको जनकपुरधाम बुधबार शान्त रहेको छ ।

जनकपुरधाममा बुधबार बिहान मुजेलियास्थित भाटभटेनीमा ढुंगामुढाबाट बाहिर रहेको केही सामग्रीहरुमा तोडफोड आन्दोलनकारीले गरेका थिए । भाटभटेनीमा आन्दोलनकारीले ढुंगामुढा गर्न थालेपछि नेपाली सेनाले आन्दोलनकारीलाई लेखेटेका थिए । त्यस्तै धनुषाको धनुषाधाममा प्रदर्शनकारीहरूले ठाकुरप्रसाद ढुंगानाको सालिक लगायतका संरचना तोडफोड गरिएको बताइन्छ ।



त्यसैगरि कमला नगरपालिकाका मेयर विशेश्वर यादव, हंसपुर नगरपालिकाका मेयर प्रदीप यादव लगायतका घरमाथि पनि आन्दोलनकारीहरुको एक समूहले जनधनको क्षति गरेका छन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशसभाको कार्यालय, मुजेलिया प्रहरी चौकी, रेल्वे स्टेशन प्रहरी चौकी, बलवा प्रहरी चौकी, जिरोमाइल प्रहरी चौकी, जानकी प्रहरी चौकी, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र धनुषा, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, प्रशासन कार्यालय, पूर्वमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री विमलेन्द्र निधि, बृहत्तर क्षेत्र विकास परिषद् को कार्यालयलगायतमा मंगलबार आगजनी गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News