२०८२ भाद्र २६, बिहीबार ११:०८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्नुभएको छ । आज वक्तव्य निकालेर उहाँले संवाद र शान्तिपूर्ण निकासका पक्षमा लाग्न आह्वान गर्नुभएको हो ।

जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्याउन उहाँले सबैसँग अपील पनि गर्नुभउको छ ।

प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन प्रचण्डको आग्रह छ । प्रचण्डले सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरूपमा निकासका पक्षमा लाग्न आह्वान गर्नुभएको छ ।

 

Comment

Related News

Latest News

Trending News