२०८२ भाद्र २६, बिहीबार १४:१९

कटहरिया बजारमा आज सम्पन्न सर्वपक्षीय बैठकले शान्ति सुरक्षा कायम गर्न ११ सदस्यीय समिति गठन गरेको छ। हाल रौतहटका विभिन्न ठाउँहरूमा जारी निषेधाज्ञा र कर्फ्यूबीच अशान्ति मच्चाउने असामाजिक तत्वहरूको आशंका भइरहेका बेला स्थानीय समाजका सबै पक्ष एकसाथ आएर शान्ति सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको हो।

बैठकमा व्यापारी, समाजसेवी, युवा, पत्रकार र प्रशासन प्रतिनिधिहरू सहभागी भएका थिए।

बैठकले बरिष्ठ पत्रकार सञ्जय मिश्रा, पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, पूर्व मेयर सियाराम कुशवाहा, ब्यवसायी योगेन्द्र साह, नसरुदिन अन्सारी, सर्फलाल गुप्ता, रामेश्वर साह कानु, रामाप्रवेश साह, कामेश्वर साह, अच्छेलाल साह र प्रकाश श्रेष्ठ सहितको ११ सदस्यीय मूल समिति गठन गरेको छ।

समितिले प्रहरीसँग समन्वय गर्दै कटहरिया बजार तथा आसपासका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, युवाहरूलाई संगठित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर देश सामान्य अवस्थामा फर्किनेसम्म प्रत्येक रात गस्ती र जाग्राम गर्ने निर्णय गरेको छ।

रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अपिल गर्दै गस्ती तिव्र पार्ने र स्थानीयलाई सचेत गराउने प्रतिबद्धता जनाएका छन्।

Comment


Related News

Latest News

Trending News