
नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्।
उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेका हुन्।

पक्राउ परेका साहलाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जनाइएको छ ।
पूर्वराज्यमन्त्री साह जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए।
तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका साहमाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ।
उनी बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपछि कारागारबाट निस्किएर जनकपुरधाम पुगेका थिए ।