२०८२ भाद्र २८, शनिबार १०:५५

नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ।

आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ।



सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन्। युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ। शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ।

Comment


Related News

Latest News

Trending News