२०८२ भाद्र २८, शनिबार १६:५७
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई आज भेटिरहेकी छन् । उनले विभिन्न अस्पतालहरूमा पुगेर घाइतेहरू भेटेकी हुन् ।
शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ ।
आज उनले वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरको सिभिल अस्पतालमा पुगेर घाइते भेटेकी हुन् ।
उनले आन्दोलनकारीको आक्रमणमा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि अनुगमन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।


