२०८२ भाद्र २९, आईतवार ०७:०४

सप्तरीको राजविराजस्थित कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको सप्तकोसी नगरपालिका –१० स्थित सन्तपुरका ४० वर्षीय सन्तोष तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । राजविराज कारागारबाट भदौँ २५ गते भागेका तामाङलाई सप्तरीको राजगढ गाउँपालिका –३ स्थित नर्घोमा झुन्डिएको अवस्थामा शनिबार विहान मृत भेटिएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

मृतक तामाङको शव स्थानीय मुचुल्कासहितको कानुनी प्रक्रिया पूरागरी परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको तथा आफन्तहरुसँग सम्पर्क गर्ने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । तामाङ कर्तव्य ज्यान मुद्दामा २०७५ सालदेखि राजविराज कारागारमा जेल जीवन बिताइरहेका थिए ।

२५ बर्ष कैद सजाय तोकिएका तामाङले ७ बर्ष जेल काटिसकेको प्रबक्ता प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । कारागारभित्र आगजनी तथा मूलढोकाको ताल्चा फुटाएर बुधवार २ सय ५ जना कैदीबन्दी फरार भएका थिए । कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टैगरी कुल तीन ब्लकमा हाल ३ सय ९७ कैदीबन्दी रहेका थिए ।

Comment


Related News

Latest News

Trending News