२०८२ भाद्र २९, आईतवार ०७:१०
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दल र नेताहरुले पाएको जनमतलाई जनादेशले खरानी बनाइसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभा विघटन भएको विरोधमा दलहरु वक्तव्यबाजीमा उत्रिएपछि बस्नेतले उक्त टिप्पणी गरेका छन् । बस्नेतले भ्रष्ट दल र तिनका नेताहरुलाई जनतासँग माफी माग्न भनेका छन् । उनी भन्छन् ‘निर्मम जनकारबाहीमा परेका भ्रष्ट दल र नेताहरुले आजसम्म जनता र देशमाथि गरेको कुकर्मका लागि माफी माग । राज्यले हिम्मत गर्यो भने थप कारबाही भोग्नका लागि तयार भएर बस । त्यसैमा तिमीहरुको भलाइ छ ।’ उनले प्रतिनिधि सभा विघटनको विरोध गर्न जनमतको धमाश नदिन भ्रष्ट दल र नेताहरुलाई चूनौती दिए ।



