२०८२ भाद्र २९, आईतवार ०७:४४

आइतबार मनसुन पुनः सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने प्रणाली (मनसुनको न्यूनचापीय रेखा) सरदर अर्थात् भारततर्फ नै अवस्थित छ।

आइतबार देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

आइतबार दिउँसो कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ।

देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

कोशी प्रदेशलगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैबीच मौसम विज्ञागका अनुसार अहिले बर्दिया र झापामा पछिल्लो तीन घन्टादेखि भारी वर्षा भइरहेको छ। बर्दियाको रम्भापुरमा पछिल्लो तीन घन्टामा ४९.८ मिलिमिटर र झापाको केचनामा १०८.२ मिलिमिटर वर्षा भएको छ।

Comment

Related News

Latest News

Trending News