२०८२ भाद्र २९, आईतवार ११:५२
काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ।
भदौ २४ गते प्रदर्शनकारीहरूले आगो झोसेको चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ। आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।
काठमाडौंमा जलाइएका अन्यत्र ठाउँका भाटभटेनीमा पनि मानिसहरू जलेको हुनसक्ने प्रहरीको आकलन छ। त्यसबारे बुझ्न प्रहरी परिचालन भएको छ।
भदौ २४ गते काठमाडौंका अधिकांश भाटभटेनीमा प्रदर्शनकारीले आगजनी गरेका थिए। केही आउटलेट भने स्थानीयहरूले नै आगजनीबाट जोगाएका थिए।
आगजनी भइसकेपछि पनि लुटपाटका लागि मानिसिहरू त्यहाँ छिरेका थिए।



