२०८२ भाद्र २९, आईतवार १९:२८

पर्सामा घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय नजिक दङ्गाग्रस्त क्षेत्र घोषणा भएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले अर्काे आदेश नभएसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यसैबीच पर्सामा कर्फ्यु र निषेधाज्ञा हटिसकेको छैन । प्रशासनले वीरगञ्ज महानगरपालिकाको बजार क्षेत्रमा कर्फ्यु र निषेधाज्ञालाई निरन्तरता दिएको हो । महानगरको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११ देखि बेलुकी ९ बजेसम्म निषेधाज्ञा र बेलुकी ९ देखि बिहान ५ बजेसम्म कर्फ्यु कायमै छ ।



Comment


Related News

Latest News

Trending News