२०८२ भाद्र ३०, सोमबार ०७:०५

कारागारबाट फरार भएका चार जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको विभिन्न नाका हुँदै नेपालबाट बाहिरिने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धनुषा प्रहरीका प्रहरी उपरीक्षक नरहरि रेग्मीले काठमाण्डौँको केन्द्रीय कारागारबाट कैदीहरु भाग्ने क्रममा यी ४ जना विदेशी पनि फरार भएकाले सीमानाकाबाट नियन्त्रणमा लिइएको बताए ।



प्रहरी उपरीक्षक रेग्मीले भने, ‘भारततिर पस्ने क्रममा सीमामा खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टिमले उनीहरूलाई नियन्त्रणमा लिएको हो,’ उनले अघि थप्दैँ भने,‘उनीहरू लागूऔषध ओसारपसारको कसुरमा सजाय काटिरहेका छन । केन्द्रीय कारागार नै पठाउँछौँ ।’ चारै जनालाई धनुषाको खजुरी र महिनाथपुर नाकाबाट भारत पस्ने क्रममा नियन्त्रणमा लिइएको उनले बताए ।

कारागारबाट फरार भएर पक्राउ परेमा विदेशीमा नाइजेरियाका ३ जना र १ जना ब्राजिलका रहेको छन् ।

Comment


Related News

Latest News

Trending News