२०८२ भाद्र ३०, सोमबार ११:३२

नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ ।

प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको हो ।बीमितहरूले बीमालेखको सर्तबमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बीमा कम्पनीले बीमालेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले बीमा प्राधिकरणमा उजुरी गर्न सक्ने सूचनामा उल्लेख छ ।

Comment

Related News

Latest News

Trending News